चर्चा लूट–२ का हिरोको (भिडियाेसहित)

फाल्गुन - गत शुक्रबारदेखि देशव्यापी रुपमा एकसाथ प्रदर्शनमा आएको नेपाली फिलिम ‘लुट–२’को सफल प्रदर्शनसँगै त्यसमा काम गर्ने कलाकारहरु पनि ह्वात्तै व्यस्त बनेका छन् । त्यस्तैमा यस चलचित्रका नायक सुशिल राजद्वारा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 

समपूर्ण मिडिया टेलीभिजन र यु ट्युबबाट यस गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको हो । भिडियोमा नेवारी फ्लिमकी नायिका रहेकी दिपमाला महर्जनले साथ दिएकी छिन त्यस्तै अर्का एक नव मोडेल बिकेश श्रेष्ठलाई पनि यस भिडियोमा देख्न पाइन्छ । 

यल्सा खड्काको कोरियोग्राफी रहेको यस भिडियोमा सिनेम्यटोग्राफर ज्ञानेन्द्र शर्मा रहेका छन भने उज्ज्वल ढकालले भिडियोलाई इडीटिङ गरेका छन । किर्तिपुर लगायत काठमान्डौंको बिभिन्न स्थानहरुमा शुटिङ गरिएको यस म्युजिक भिडियोलाई संचारकर्मी सरोज श्रेष्ठले निर्देशन गरेका हुन् । 

 यस्ताे छ भिडियाे 
           

,

0 comments

Write Down Your Responses

Powered by Blogger.