डीभी परे पछी एसपीले प्रहरी जागिरबाट दिए राजीनामा

अमेरिकी डीभी परेर नेपाल प्रहरीमा जागिर खाइरहेका एसपी प्रमोद खरेलले राजीनामा दिएका छन्। उनको डीभीसम्बन्धी समाचार सार्वजनिक भएपछि खरेलले दिएका हुन्। यद्यपी उनको राजीनामा स्वीकृत भएको छैन। 

यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ। कुनै पनि सरकारी ओहदामा रहेका कर्मचारीले विदेशी पीआर तथा नागरिकता लिन नपाउने नियम बनाएको भ पनि त्यसको खिल्ली उडाएर एक वर्षअघि एसपी खरेलले अमेरिकी डीभी भरेका थिए। 

अमेरिकी डीभी परेका प्रहरी उपरीक्षक (एसपी) प्रमोद खरेल अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेका छन्। आगामी फागुन ११ गते अमेरिका उड्ने गरी टिकट बुकिङसमेत उनले गराइसकेका छन्।

0 comments

Write Down Your Responses

Powered by Blogger.