देउवाको घरमा म्यानपावरवालीको लफडा

काठमाडौ ११ फागुन - एकाबिहानै शेरबहादुर देउवाको घरमा म्यानपावरवालीको लफडा चल्यो। सोमबार दिउँसोको दोस्रो क्याबिनेट बैठकले चौध देशका लागि राजदूत सिफारिस गर्ने क्रममा पार्टी कोटामा परेकी म्यानपावर व्यावसायी आशा लामाको विषयलाई लिएर कांग्रेससम्बद्ध लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष प्रज्ञान न्यौपानेहरु हिजो बिहान देउवासंग पड्किएका हुन। 

पेशागत आधिकारिक संघका वहालवाला अध्यक्ष विमल ढकाल पनि संगै थिए । प्रज्ञानको भनाइ थियो, ‘यो पार्टीको मान्छे नै होइन । कसरी कोटाबाट नियुक्ति भयो ? यदि यस्तै हो भने हामी पार्टी छाड्छौ ।’ देउवाले जवाफ दिए, ‘बढी बोल्छौ ? तिमीले छोडे अरु आउँछन् । मास बेस्ड पार्टीमा मान्छेहरु आउने(जाने भइरहन्छ।’ त्यहाँ पुग्ने व्यवसायीमा तिलक रानाभाट, विष्णु गैरे, ज्ञानु गैरे, कुमुद खनाल, थिरमणि पौडेल, ऋषि शर्मा, नरेन्द्र ढकाल र वैदेशिक रोजगार प्रबर्द्धन बोर्डकी सदस्य सीता देवकोटा थिए। आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.