हरेक प्रेमीले हेर्नैपर्ने गीतको भिडियो सार्वजनिक, प्रेममा कुरा नमिल्दा यसरी ज्यानै समेत जान्छ
काठमाडौं । यतिबेला सांगीतिक बजारमा नयाँ गीत गल्तीको चौतर्फी चर्चा छ । गायक निरज सिलवालको गीतको भिािडयोका कारण गीतले चर्चा बटुलेको हो ।
गायक स्वयमकै शब्द संगीत रहेको गीतको भिडियोमा उनलाई अस्मिता अधिकारीले स्वरमा साथ दिएको गीतको भिडियोलाई निर्देशक नेत्र जंग पाण्डेले निर्देशन गरेका हुन् । निर्देशक पाण्डेले निर्देशन गरेको गीतको भिडियोले प्रेम वियोग भित्रको मर्मस्पर्शी भावलाई टपक्कै टिपेर हरेक प्रेमीले आफ्नो वियोगमा भोग्ने यर्थाथलाई पर्दामा देखाउन सफल भएका छन् ।
सञ्जय, रोशना, आस्था र रेशमको अभिनय रहेको गीतको भिडियोको छायांकन बिनोद केसीले गरेका छन् । रेशम श्रेष्ठले सम्पादन गरेको भिडियोको निर्देशन नेत्र जंग पाण्डेले गरेका हुन् । शान्ति पाण्डेको कथामा जसको निर्मात्री हुन् नितु खड्काले भिडियोको निर्माण गरेकी हुन् ।

0 comments
Write Down Your Responses