आगामी स्थानीय चुनावका लागि मतपत्र छाप्ने जिम्मा जनक शिक्षालाई

काठमाडौं, फागुन १३ - आगामी स्थानीय चुनावका लागि मतपत्र छाप्ने जिम्मा जनक शिक्षा सामाग्री केन्द्रलाई दिइएको छ । 

शुक्रबार निर्वाचन आयोगका पदाधिकारीहरुले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको भ्रमण गरी त्यसपश्चात मतपत्र छाप्ने जिम्मा दिइएको हो । जनक शिक्षा पनि मतपत्र छाप्न सकारात्मक देखिएपछि आयोगको टोली मेशिनको अवलोकन र लिखित प्रतिवद्धता लिन शुक्रबार भक्तपुरस्थित कार्यालयमा गई अवलोकन गरेको थियो ।  
मतपत्र छाप्न आवश्यक पर्ने करिब सबै कागज समेत जनक शिक्षामा रहेको र मतपत्र छाप्नका लागि मेसिनको पनि अवलोकन गरी छपाइको काम जनक शिक्षालाई दिइएको सचिव गोपी मैनालीले जानकारी दिएका छन् । केन्द्रले पनि आगामी चुनावभन्दा अगावै मतपत्र छापेर दिने प्रतिवद्धता जनाएको छ । 

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले २०३६ सालमा भएको जनमत संग्रहदेखि निर्वाचनको मतपत्र छपाइ गर्दै आएको छ ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.