कण्डमको इतिहासः कपडाको कण्डमदेखि एण्टीरेप कण्डमसम्म

कण्डमले परिवार नियाेजनका साथै यौन तथा एचअाइभीबाट बचाउँदछ । इसापूर्व १३५० मा इजिप्ट भन्नेदेशमा पुरुषहरुले आफ्नो लिङ्ग सजाउने गर्दथे । 

सन १५६४ मा इटालीदेशमा शरीर शैल्यबिज्ञ फेलो पिग्सका अनुसार बुनेको कपडाको कण्डम प्रयोग हुन्थ्यो । १८ औ शताब्दीमा आएर कण्डमको अन्तराष्ट्रियनामाकरण गरिएको, जुन कण्डम आन्द्रा मुख्यतय भेडाको आन्द्राबाटबनेको थियो । विभिन्न धार्मिक संघ, संगठनहरुको बिरोधको बाबजुदपनि कण्डम बजारले व्यापकता पाउँदै गयो । 

१८ औं शताब्दीमा कण्डमविभिन्न गुणस्तर तथा आकारमा पाउन थालियो । कण्डम क्याफे,आौषधी पसल, रेष्टुरा, नाटकघरमा रसिया तथा सम्पूर्ण युरोप भरमापाउन थालियो । विस्तारै कण्डमले अमेरिका प्रवेश गर्न थाल्यो । तरत्यस समयमा कण्डम उच्च वर्गको समाजको लागि मात्र सहज थियो ।१९ औं शताब्दीको सुरुवात तिर पहिलो पटक गरीव समुदायहरुमा पनिपरिवार नियोजनको साधनको रुपमा प्रयोग गर्न जनचेतनामूलककार्यक्रमहरु थालियो । 

विभिन्न राष्ट्रहरुले कानुन नै पारित गरेर कण्डमनिर्माण तथा प्रयोग प्रर्वद्धनमा जोड दिन थाले । विभिन्नबाधा÷ब्यबधानलाई तोड्दै १९ औं शताब्दीको अन्त्य तिर कण्डमपश्चिमी संसारभर एउटा प्रसिद्ध परिवार नियोजनको साधनको रुपमाविकास भयो । 

१९ औ शताब्दीको अन्त्य तिर जर्मन सैनिकहरुलेआफ्ना सैनिकहरुलाई कण्डम प्रयोग गर्न प्रोत्साहन गरे । यता २० औ शताब्दीको सुरु तिर अमेरिकन सैनिकमा कण्डम प्रयोगले यौन रोगसंक्रमण दर ह्वात्तै घटाएर लगेको अनुसन्धानले पत्ता लगायो । 

सन१९२० मा आएर संसार भर कण्डमको प्रयोग दोब्बर भएर गयो ।संसारको पहिलो रबर निर्मित कण्डम सन १८५५ मा बनेको पाइन्छ ।जुन साइकलको ट्यूब जत्तिकै बाक्लो थियो । यसको अलाबा पनिसंयुक्त राज्य अमेरिका र बेलायतमा रबरले बनेका लिङ्गमुन्ड मात्रछोपिने कण्डमको प्रयोग हुन्थ्यो । दोश्रो विश्वयुद्धको समय भरीकण्डमलाई चलचित्र , पोस्टर तथा अध्यापनको माध्यमबाट झन्व्यापकता दिइयो । 

दोस्रो विश्वयुद्ध पश्चात सन् १९५५–१९६५ मा ४२%अमेरिकनहरुले कण्डमलाई परिवार नियोजनको साधनको रुपमा प्रयोगगरेको इतिहास भेटिन्छ । यता वेलायतमा सन् १९५०–१९६० मा ६०%विवाहित जोडीले कण्डम प्रयोग गर्थे । 

सन् १९९५ मा अमेरिकी वजारमाप्लाष्टिक कण्डम पाइन थाले । यता १९८१ मा एड्स यौन सम्पर्ककोमाध्यमबाट सर्ने पत्ता लागे पछि त झन् एच आइ भी किटाणु सर्न नदिनेकण्डमको प्रयोगले ब्यापकता पाउँदै गयो । कण्डमका विविध पक्षमाअनुसन्धान तीब्र गतिमा अघि बढी रहेको छ । एउटा अध्ययनले केदेखाउँछ भने सन् २०१५ सम्म १८.६ बिलियन कण्डम आवश्यक पर्ने छ। नेपालमा वि.स. २०३५ सालमा कण्डम, ब्रान्ड नाम “ढाल” राखेरविक्री वितरण गर्न थालियो । त्यसपछि अनेकौ नाममा नेपाली वजारमा कण्डम आउन थाले । 

कण्डमको गुण र स्तरको आधारमा मूल्य पनिफरक फरक पाइन्छन् । कण्डमका प्रकारहरु कण्डम लेटेक्स सिन्थेटिक रबरबाट निर्मित खोल हो जसलाई पुरुष वामहिलाले “यौन सम्पर्क” को बेला परिवार नियोजनको अस्थायीसाधनको रुपमा तथा एड्स तथा यौनजन्य रोगहरु बच्न प्रयोग गर्छन् ।प्रायः कण्डम १७७ एम एम (७ इञ्च) लम्बाई, ४० एम एम (२ इञ्च)गोलाई तथा ०.००१–०.००५ इञ्च वाक्लो हुन्छ । 

प्राकृतिक लेटेक्स कण्डम यस तत्वको प्रयोग गरी बनाइएका कण्डममा अत्याधिक तन्कने गुणविद्यमान रहन्छ । तर यी कण्डमहरु तेलमा आधारित लुब्रिकेन्ट,कुकिङ्ग तेल, स्किन लोसन, कोल्ड क्रिम, बटरमा फुट्ने सम्भावनाअत्यधिक रहन्छ । यस्ता प्रकारका कण्डम प्रयोग गर्दा एलर्जी गराउनेपनि गर्दछन् सिन्थेटिक कण्डम पोलीयुरेथेन, पोलीआइसोप्रितबाट बनेको हुन्छ । यी कण्डमहरु लेटेक्सकण्डम भन्दा राम्रा मानिन्छन् । तेलमा आधारित लुब्रिकेन्टमा पनि यीप्रयोग गर्न सकिन्छन् । 

यी कण्डमको प्रयोगले एलर्जी कम गराउँदछ ।यी कण्डम अलि महँगो हुन्छ । ल्यामस्किन कण्डम भेडाको आन्द्राबाट वनेका हुन्छन् तर यसले यौन तथा एड्स रोगसर्नबाट बचाउदैन तर परिवार नियोजनको साधनको रुपमा भने कामगर्दछ । यी कण्डमबाट एलर्जीको खतरा कम हुन्छन् तर यी महँगा रसजिलैसँग उपलब्ध नहुने कण्डम हुन् । स्परमीसाइडल कण्डम लेटेक्स कण्डममा शुक्रकिट नष्ट पार्ने नोनोजाइनोल–९ नामक रसायनप्रयोग गरिएको हुन्छ । तर यी रसायन तत्वको असर लामो समयनरहने हुनाले यसको खासै फाइदा भने रहँदैन । 

टेक्सचर कण्डम अन्तरगत स्टडेड र रिब कण्डमहरु पर्दछन्, यी कण्डमको प्रयोगले दुवैयौन जोडीमा अझ यौन आनन्द थप्ने काम गर्दछ । रिब अर्थात घेराहरुकण्डमको भित्री र बाहिरी दुवै सतहमा रहन्छन् यी सतहहरुको प्रत्यक्षसम्पर्क ‘जी स्पट’ र ‘फ्रेनुलम’ सँग रहेको हुन्छ । यसले बढी नै यौन आनन्द लिने प्रयोगकर्ताको दावी छ । बुस्टीङ्ग कण्डम सन २०११ को जुन महिनाबाट यस कण्डमले औपचारिकता पाएको छ ।यसले पुरुषमा लिङ्ग उत्तेजना लामो समयसम्म राख्ने र लिङ्गकोआकार समेत बृद्धि गरिदिन्छ । यसले महिलाहरुमा यौन आनन्दथपिदिने जानकारहरु बताउँछन् । 

वास्तवमा यी कण्डमको टुप्पोमा एकप्रकारको जेली प्रयोग गरिएको हुन्छ जसले लिङ्गमा रहेका रक्तनशामारक्तसंचार बढाई दिन्छ जसले लिङ्ग ठूलो तथा लामो समय उत्तेजितरहन्छ । एन्टी रेप कण्डम यो महिलाले प्रयोग गर्ने कण्डम हो । महिलालाई कसैले बलात्कार गर्नेप्रयाश गरेमा यसले बलात्कारीको लिङ्गमा अत्याधिक दुखाई गरिदिन्छजसले गर्दा उ भाग्दछ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.